News

Apr 22, 2008

सबैभन्दा कान्छा सभासद् अभिषेकप्रताप शाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा सम्भवतः मुलुककै सबैभन्दा कान्छा सभासद् अभिषेकप्रताप शाहले राज्यको पुनः संरचनामा युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिन आफू मरिमेटेर लाग्ने बताउनुभएको छ।नेपाल प्रेस युनियन कपिलवस्तुद्वारा कृष्णनगरमा आयोजित अन्तक्रिर्यामा शाहले युवा नै मुलुकको मुहार फेर्ने शक्ति भएकाले उनीहरुको श्रम र सीप त्यसै खेर जान नदिन आफूले अब बन्ने संविधानमा युवा रोजगारीलाई मौलिक हकका रुपमा राख्न पहल गर्ने दृढता व्यक्त गर्नुभयो।
मधेसी जनाधिकार फोरमबाट कपिलवस्तु क्षेत्र नं ५ बाट निर्वाचित कान्छा सभासद् शाहले अहिले खुल्ला सिमानाका कारण मुलुकले चोरी, तस्करी र आपराधिक समस्या झेल्नु परेकाले यसबाट छुट्कारा पाउन व्यवस्थित र वैज्ञानिक सीमाङ्कन गर्नु पर्नेमा जोड दिँदै भारततर्फहुने चेलीबटी बेचबिखन रोक्न शिक्षा र रोजगारीलाई प्राथमिकता दिन आफू सक्रिय भएर लाग्ने बताउनुभयो।
विसं २०३९ असोज ११ गते जन्मनुभएका शाह अहिले मुलुककै कान्छो सभासद् हुनुभएको जनाइएको छ । उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुँदा २५ बर्ष छ महिना ११ दिन पुग्नु भएको थियो।

No comments: