News

Apr 6, 2008

गोर्खालीहरूको सम्झनामा नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं, चैत २३
पहिलो र दोस्रो विश्वयुद्धमा बहादुरी कमाएका र वीरगति पाएका गोर्खालीहरूको सम्झनामा शनिबार 'पुर्खा दिवस' मनाइएको छ । चार वर्षघि हङकङबाट मनाउन थालिएको उक्त दिवस नेपालमा पहिलोचोटि आयोजना गरिएको हो । 'पहिलो र दोस्रो विश्वयुद्धमा गरी सत्तरी हजार गोर्खा (नेपाली) ले ज्यान गुमाएका थिए,' गोर्खा भूतपूव सैनिक संघ (गेसो) का महासचिव महेन्द्रलाल र्राईले भने । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) द्वारा आयोजित अन्तक्रिर्यामा उनले थपे, 'एक मृतक बराबर तीन जना घाइते हुने युद्धको सिद्धान्तअनुसार दुइ लाख दस हजार जना घाइते भएका थिए ।' विश्वयुद्धमा १ लाख ४० हजार गोर्खाली खाली हात फर्काइएका थिए । त्यही जनशक्तिलाई नेपाली कांग्रेसले उपयोग गरी २००७ सालको क्रान्ति सफल तुल्याएको गेसोले जनाएको छ ।अंग्रेज र भारतलाई खुसी पार्न १८१४ सालबाट नेपाली युवाहरू भाडाका रूपमा भर्ती गर्ने क्रम सुरु भएको हो । 'गाउमा रहेका युवाहरूलाई जबरजस्ती भर्ती जान उर्दी जारी गर्ने गर्थे,' अवकाशप्राप्त बेलायती सैनिकसमेत रहेका र्राईले भने । गोरा र नेपाली सैनिकबीच तलब, सुविधा, पेन्सन आदिमा विभेद गरिएकाले गेसोले डेढ दशकदेखि 'समानताको लर्डाईं' जारी राखेको उनले जनाए ।'हामीलाई बेचिएको हो तर गद्दामा पर्‍यौं,' बेलायती सेनामा कार्यरत सैनिक तथा साहित्यकार विश्वासदीप तिगेलाले भने- 'लाहुरे भनेका कडा हृदय भएको, मर्ने र मार्नेबाहेक केही जान्दैनन्' भन्ने मान्यता आज बदलिएको छ ।' त्यहा कार्यरत गोर्खाली सैनिकहरू अहिले खुला विश्वविद्यालयमार्फ उच्च अध्ययनमा जुटिरहेको उनले जनाए ।चलचित्रकर्मी नवीन सुब्बाले गोर्खा सैनिकलाई 'बहादुर र शूरवीर' को उपमा दिएर राजनीतिक स्वार्थसिद्धि गरिएको बताए । 'शूरवीरको पगरी दिएर बेलायत र नेपाल सरकारले राजनीतिक स्वार्थपूर्ति गर्दै आएका छन्,' उनले भने ।

No comments: