News

Apr 25, 2008

के के भन्छन् लिम्वूवानको विषयमा हंगकंगमा बसोवास गर्नेहरु

हामीले के लिम्वूवान घोषणा हुन्छ ? र यसपालीको संविधानसभाको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुका कारणहरु के के हुन् ? भनेर हंगकंगका लेखक,गायक,वुद्धिजिवी तथा राजनितिकर्मीहरुलाई प्रश्न गरेका थियौं । वहाहरुको विचार निम्न छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

लिम्वूभाषाका गायक तथा संगीतकार

लाजेसा याक्थुङवा उर्फ भगत सुब्बा
म लिम्वूवान निर्बिकल्परुपमा घोषणा हुन्छ भन्ने कुरामा विश्वस्त छु । किनभने अहिलेको नेकपा (माओवादी)को पक्षमा बहुमत भएको कारणले र सोही पार्टीले संघीय संरचना अर्न्तर्गत लिम्वूवानको स्पष्ट खाका ल्याएकोले पनि यो कुरा विश्वस्त गर्न लायकको विषय हो । खासगरी लिम्वूवानवादी नेताहरु यसपालीको संविधानसभाको चुनावमा हार्नुको कारण निम्न छन्
१.लिम्वूवानवादी नेताहरुमा मपाईँत्व बढी हुनु
२.सामाजिक,भौगोलिक,भाषीक,धार्मीक अध्यायनको कमी हुनु
३.लिम्वूवानवादी नेताहरुमा व्यापारीपन देखिनु
४.लिम्वूवानवादी नेताहरुमा कार्यगत एकता नहुनु
५.एक्कासी नेता भएर चुनावमा भाग लिन जानु
६.अहिले सम्म लिम्वूवानको नयाँ भिजन लिएर जान नसक्नु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लिम्वूवान राष्ट्रिय मोर्चाका अध्यक्ष

दिल पालुङवा
हालसालै भएको संविधानसभाको चुनावको परिणामलाई विचार गर्दा र नेकपा(माओवादी)को पकड राम्रो भएकोले लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा विश्वस्त छु । तर अहिले नै पूर्णरुपले विश्वास गर्न भने सकिन्न किनभने लिम्वूवानवादीहरु सांसदमा पूर्णरुपले असफल रहे । जहाँ सम्म आशा छ माओवादी पार्टीले लिम्वूवानको खाका लिएर अगाडि बढेको हुनाले लिम्वूवान घोषणा हुन्छ भन्ने कुरा हो साथै अन्तरिम मन्त्रिपरिषद र लिम्वूवानवादी नेताहरुसंग लिम्वूवान स्वायत राज्यको सुनिश्चितताको सम्झौता भएकोले पनि लिम्वूवान घोषणा हुन्छ भन्ने आधारहरु रहेकाछन् । यसपालीको संविधानसभाको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको कारण निम्न छन् ।
१.सम्पूर्ण लिम्वूवानवादी नेताहरु एकजुट भएर नजानु
२.कसै लिम्वूवानवादी नेताहरुले संविधानसभाको चुनावलाई स्विकार्नु कसैले अस्विकार गर्नु
३.लिम्वूवान भन्ने कुरा लिम्वूवानवादी नेताहरुले अस्पष्ट रुपले लैजानु
४.लिम्वूवान क्षेत्रलाई लिम्वूवानवादी नेताहरुले खुम्च्याएर जनता सामु जानु ( जस्तै कोचिला,खम्वूवानको प्रसंग लिम्वूवान भित्र उठाउनु)
५.लिम्वूवानको पूर्ण खाका लिएर नजानु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लिम्वूवान विकास परिषद हङकङ अध्यक्ष

प्रकास यक्सो
संविधानसभाको चुनावी नतिजालाई हेर्दा लिम्वूवान स्वायत राज्य घोषण हुन्छ भन्ने कुरा त्यति निश्चित छैन । किनभने नेकपा (माओवादी) बाहेक अन्य पार्टीले लिम्वूवानको कुरा उच्चारण गरेका छैनन् र माओवादीले पनि यस्तै लिम्वूवान हुनुपर्छ भनेर आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छैन । यी कारणहरुले गर्दा पनि लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा शंका गर्नु पर्ने हुन्छ । घोषणा भै हाले पनि हामीले चाहे जस्तो पूर्ण लिम्वूवान ( नौ जिल्ला भएको ) घोषणा होला जस्तो छैन । यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको कारणहरु यी हुन् जस्तो लाग्छ
१.लिम्वूवानवादी पार्टीहरु एकता नहुनु
२.जनचेतना फैलाउन नसक्नु
३.पार्टी पार्टी बिच असमझदारी हुनु
४.महत्वकांक्षी हुनु
५.राज्यपक्षले सुनुवाई नगर्नु
६.आत्मावलको कमी हुनु
७.पार्टी पार्टी बिच एकैक्षेत्रमा भिड्नु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लिम्वूवान राष्ट्रिय मोर्चाका महासचिव

अबिचन्द्र इङनाम
संविधानसभाको चुनाव पछाडि पक्कै पनि राष्ट्रको पुनःसंरचना हुन्छ त्यो भएपछि देश संघीय राज्य को रुपमा घोषणा हुन्छ । त्यहि अन्तर्गत लिम्वूवान स्वायत राज्य घोषणा हुन्छ ।तर मलाई भने के शंका लागिरहेको छ भने ऐतिहासीक तथ्यको आधारमा लिम्वूवान घोषणा हुन्छ हुदैन भन्नेकुरामा चाहिँ अनिश्चितता छ । र यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु पराजित हुनुको कारण म निम्न कुरा अम्ल्याउँन चाहान्छु ।
१.लिम्वूवानवादी नेताहरुले आफ्नो कार्यक्रम जनस्तरसम्म पुर्‍याउन नसक्नु
२.सरकारसंग वार्तामा धेरै समय खर्च गर्नु
३.कार्यगत एकता नहुनु
४.संगठन विस्तार गर्न नसक्नु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
भयवादका प्रवर्तक तथा उपन्यासकार
देश सुब्बा
लिम्वूवान घोषणा हुने कुरामा सम्भावना चाहिँ बढी छ तर कहिले हुन्छ भन्ने कुरामा निश्चित छैन । अन्तरिम संविधानको हिसावले लिम्वूवान हुन्छ भन्ने कुरामा प्राय निश्चित नै छु किनभने माओवादीको एजेण्डा र हालको स्थितिमा अन्य पार्टी भन्दा बहुमतमा पनि छ । यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको कारण निम्न बुँदाहरु हुन् ।
१.संगाठानिक कमजोरी
२.लिम्वूवान पार्टीहरु विभाजित हुनु
३.लिम्वू र गैरलिम्वूहरुलाई विश्वास दिलाउँन नसक्नु
४.लिम्वूवान पार्टी नयाँ हुन

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
कि.या.चु भू.पू.केन्द्रिय संस्थापक सदस्य

ओमराज सम्वाहाम्फे
देश संघीय राज्य व्यवस्थामा जाने स्थिति आई सक्यो त्यसैले लिम्वूवान स्वायत राज्य घोषणा हुन्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । किनभने लिम्वूवान सम्वन्धि माओवादी पार्टीको एजेण्डा साथै अन्य पार्टीको भन्दा क्लियर भिजन भएकोलेत्यति शंका लिनु पर्ने स्थिति छैन जस्तो लाग्छ । यसपाली लिम्वूवानवादी नेताहरु लिम्वूवान क्षेत्र मै हार्नुको प्रमुख कारण म निम्न कारणहरु देख्छु
१.नारा लिम्वूवानवासी जनताको सामुसम्म पुर्‍याउँन नसक्नु
२.जति पनि कार्यक्रमहरु शहर र राजमार्ग केन्द्रित मात्र हुनु
३.पुराना लिम्वू नेताहरु (अन्य पार्टीको ) पकड रहिरहनु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
आदिवासी जनजाति महासंघ हङकङ,अध्यक्ष

भूपेन्द्र चेम्जोङ
सैद्धान्तिक रुपले हेर्ने लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा ढुक्क हुनु पर्दछ । अन्य पार्टीहरुको भन्दा नेकपा (माओवादी ) को स्पष्ट धारणा र हाल माओवादी पार्टीले नै बहुमत ल्याएकोले धेरै हदसम्म लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा आशा पलाएको छ । यसपाली लिम्वूवानवादी नेताहरु संविधानसभाको चुनावमा पराजित हुनुको कारण निम्न कमीकमजोरीहरु देख्दछु ।
१.लिम्वूवानवादीहरुमा कार्यगत एकता नहुनु
२.संगाठानीक स्थिति ज्यादै कमजोर हुनु
३.गृहकार्य अथवा प्रचारप्रसारको कमी हुनु
४.लिम्वूवानवादी पार्टीहरुको स्पष्ट सिद्धान्त एकअर्कामा नमिल्नु
५.जनताले पत्याउँन नसक्नु अथवा नेतृत्वमा विश्वास नहुनु
६.लिम्वूवानवासीहरुमा जनउभार ल्याउन नसक्नु
७.राजनैतिक रुपमा अनुभवको कमजोरी हुनु
८.नेतृत्वको शंकट देखिनु
९.इमान्दारीपूर्वक लिम्वू मतदाताहरुले नै लिम्वूवानवादी नेताहरुलाई भोट नहाल्नु
१०.लिम्वूवानका जनताहरु नै परम्परागत पार्टीमुखी हुनु

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
कानुन परामर्शदाता

उत्तरमान तिगेला
अहिले नै लिम्वूवान घोषणा हुन्छ भन्ने कुरामा ढुक्क भै हाल्ने स्थिति छैन । किनभने नेकपा (माओवादी ) ले वोल्दा अर्कै र काम गर्दा अर्कै गर्ने भएकोले यसै भन्न सकिन्न । पहिले निक्कै विश्वास थियो तर अहिले उनीहरुमा विचलन आएकोले पहिले भनेका कुरा पुरा नगर्न पनि सक्छन् त्यसैले पनि लिम्वूवान घोषणालाई हामीले शंकाको दृष्टिले हेर्नु पर्ने हुन्छ । यसपालीको चुनावमा लिम्वूवानवादी नेताहरु हार्नुको प्रमुख कारण निम्न बुँदाहरु देख्छु ।
१.संगाठानीक स्थिति वलियोनहुनु
२.स्पष्ट एजेण्डा नहुनु
३.लिम्वूवानवादी नेताहरुको एजेण्डा माओवादी पार्टीले समेट्नु
४.लिम्वूवानवादी नेताहरुमा एकता नहुनु
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पाठक वर्गले आफ्नो बिचार तलको कमेन्ट बक्सबाट दिन सक्नुहुनेछ । धन्यवाद

No comments: