News

Apr 27, 2008

प्रचण्डद्वारा राजालाई दरबार छाड्न चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष प्रचण्डले फेरि एकपटक राजालाई दरबार छाड्न आग्रह गर्दै नछाडे सोहीअनुसारको कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
आरामका लागि दामन पुगेका प्रचण्डले गणतन्त्रको पक्षमा आएको जनलहर राजाले बुझेर नागरिकसरह व्यवसाय गर्न मनसाय देखाउनुपर्ने अन्यथा अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिए । संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गराउन मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ जना चुनाव हारेका व्यक्ति हुन नहुने धारणा राख्नुभयो ।
राजनीतिक दलहरूको सहमतिमा तय गरी प्रधानमन्त्रीको प्रस्तावमा नयाँ मन्त्रिपरिष्द्ले पारित गरिने तयारी भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले सेना समायोजनबारे सबैतिर चासो र चिन्ता भएकाले त्यसमा पनि चमत्कार हुने बताए उहाँले विस्तारै नीति बनाएर सेनाको संख्या कम गर्ने बताउँदै सेनाको संख्या ठूलो भएको दाबी गर्नुभयो ।
भावी राष्ट्रपतिको रूपमा प्रचारित प्रचण्डले अन्तरिम संविधानमा राष्ट्रपतिको व्यवस्था नभएकाले राष्ट्रप्रमुखको हैसियतले कार्यकारी प्रधानमन्त्री हुन आफू मन्जुर भएको बताउनुभयो । प्रचण्डले अन्य राजनीतिक दलले दिएको सुझावअनुसार वाईसीएल विघटन गर्नेतर्फसोच बनाएको बताएको छ । आगामी सरकारको नेतृत्व आफ्नो पार्टी गर्ने बताउँदै प्रचण्डले आगामी दिनमा आफ्नो पार्टी नीति एवं गतिविधिमा सुधार गर्ने बताएका छन् ।

No comments: