News

Apr 30, 2008

हिमाल आरोहणमा रोयल्टी छुट दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
आगामी आर्थिक वर्षमा सरकारले हिमाल आरोहण लिंदै आएको रोयल्टीमा भारी छुट दिने भएको छ । 'सबै ऋतुका लागि नेपाल' भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले रोयल्टीमा भारी छुट दिने सरकारले घोषणा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो । मन्त्रालयका अनुसार यो घोषणाअनुसारको योजना साउन १ गतेदेखि लागू हुनेछ ।शरद ऋतुमा हिमाल आरोहणमा ५० प्रतिशत अनि वर्षा ऋतुमा ७५ प्रतिशत रोयल्टी छुट दिइने भएको हो । यसैगरी आरोही दलको संख्या १२ भनिंदै आएकामा अब यो संख्या बढाएर १५ पुर्‍याइने समेत विज्ञप्तिमा जनाइएको छ । पर्यटकलाई आकर्षित गरी उल्लेख्य संख्यामा नेपाल भित्र्याउने योजना अनुसार सरकारले यो घोषणा गरेको हो । रोयल्टी छुटको कार्यक्रमले धेरै संख्यामा पर्यटकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

No comments: