News

Apr 29, 2008

प्रचण्डको नेतृत्वमा मुख्य नेताहरु सरकारमा जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
निर्वाचन आयोगले समानुपातिक सिट तर्फसभासद चयन गर्न पर्सि शुक्रबारसम्मको म्याद दिएपछि दलहरू सभासद छान्न आन्तरिक छलफलमा जुटेका छन् । समानुपातिक सिटतर्फा ३ सय ३५ मध्ये प्राप्त गरेको मतदानको आधारमा गरिएको भागवण्डापछि समानुपातिकतर्फा सभासद चयन गर्न दलहरू युद्धस्तरमा जुटेका हुन् । प्रायः सबै दलहरूको केन्द्रीय समितिको बैठक जारी रहेका कारण चालू केन्द्रीय समितिको बैठकबाटै समानुपातिकतर्फा सभासदहरू चयन गर्ने बताइए पनि केही पार्टीहरूले छुट्टै संयन्त्र खडा गरी बन्द सूचीभित्रबाट सदस्यहरू छान्न व्यस्त भएका छन् । नेकपा माओवादीले रामबहादुर थापा 'बादल' को नेतृत्वमा संविधानसभा सदस्य छनोट गर्ने समिति गठन गरी आज बस्ने बैठकमा उक्त समितिले माओवादीका तर्फाट प्रतिनिधित्व गर्ने एक सय समानुपातिकतर्फा सभासदको नाम प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै, नेपाली कांग्रेसले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संसदीय समिति मार्फ कांग्रेसका ७३ सदस्य मनोनित गर्ने बुझिएको छ । एमालेले पनि छुट्टै संयन्त्र खडा गरी ७० सिटका निम्ति गृहकार्य गरिरहेको बुझिएको छ । ठूला दलहरूले समानुपातिकतर्फा सदस्य मनोनित गर्दा दलित, जनजाति, महिलालगायतलाई प्रतिशतका आधारमा कोटा छुट्टयाउनुपर्ने भएको हुँदा केही समय लाग्ने बुझिएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी माओवादीको जारी केन्द्रीय विस्तारित बैठकमा भावी सरकार गठनका सम्बन्धमा विस्तृत छलफल भएको छ । बैठकका क्रममा भावी सरकारमा अध्यक्ष प्रचण्डको नेतृत्वमा मुख्य नेताहरू जाने पार्टी केन्द्रीय समितिले निर्णय गरेको बुझिएको छ । स्रोतका अनुसार माओवादीको मूल नेतृत्वमा मोहनवैद्य किरण, डा. बाबुराम भट्टर्राई, रामबहादुर थापा, सिपी गजुरेल, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा रहेका छन् । बैठकले गृह, अर्थ, रक्षा, परराष्ट्र, सञ्चारलगायतका महत्वपूर्ण मन्त्रालय माओवादीकै मातहतमा हुनुपर्ने उल्लेख गर्दै अन्य मन्त्रालयमा अरु दलसँग सहमति गर्न सकिने सुझाव नेतृत्वलाई दिएको बुझिएको छ ।

No comments: