News

Apr 21, 2008

राजाले छोडे सांस्कृतिक अधिकार र भत्ताँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले राजा सम्मानपूवक बाहिरिए सांस्कृतिक अधिकार दिइने बताउनुभएको छ। शनिबार कान्तिपुर टेलिभिजनलाई दिनुभएको एक अन्तर्वार्तामा डा. भट्टर्राईले राजा हटिदिए भत्ताको व्यवस्थासमेत हुन सक्ने बताउनुभएको छ। तर कस्तो सांस्कृतिक अधिकार र कतिन्जेलसम्मलाई भत्ता भन्ने प्रसंग भने स्पष्ट रूपमा खुलाउनुभएन।यसअघि राजाप्रति कडा आलोचक देखिँदै आएको माओवादीले राजालाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नगरेको पाइए पनि डा. भट्टर्राईले शनिबारको अन्तर्वार्तामा आदरार्थी शब्द उहाँ प्रयोग गर्नुभएको थियो।राजालाई विस्थापित गर्न विभिन्न कूटनीतिक नियोग र दरबारियासँगसमेत कुरा गर्न थालेको माओवादीको पछिल्लो भनाइले के संकेत गर्न खोजेको हो भन्ने कुरा स्पष्ट भएको छैन।राजाको सांस्कृतिक अधिकारसम्बन्धी विषयले बृहत् अर्थ राख्ने गर्दै आएको छ। यसअघि राजा सांस्कृतिक रूपमा सहभागी हुँदै आउनुभएका कार्यक्रम कटौती गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुँदै आउनुभएको अवस्था रहेको छ।

No comments: