News

Apr 28, 2008

कार्यकर्ता रिहाइ गर्न माओवादी आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,नयादिल्ली
माओवादीहरू नेता सीपी गजुरेल र हिसिला यमीले बिहार जेलमा बन्दी आफ्ना दर्जनौं कार्यकर्ता रिहाइ गर्न मुख्यमन्त्री नीतिशकुमारसंग आग्रह गरेका छन् । 'नेपाल-भारत सम्बन्धका आयाम' विषयक सम्मेलनमा भाग लिन पटना आएका उनीहरूले आइतबार मुख्यमन्त्रीलाई भेटी रिहाइ माग गरेका हुन् । शान्ति प्रक्रिया हुदै निर्वाचन सम्पन्न भइसकेपछि मात्र माओवादीतर्फाट आफ्ना बन्दी कार्यकर्ताको रिहाइको औपचारिक अनुरोध गरिएको हो । 'भेटमा हामीले बिहार जेलमा थुनिएका हाम्रा दर्जनौं कार्यकर्ताको तत्काल रिहाइको मुद्दा उठायौं,' यमीले संवाददाताहरूसंग भनिन् । प्रत्युत्तरमा मुख्यमन्त्रीले रिहाइ गर्नेबारे आफूले विचार गर्ने बताएका थिए । 'यसमा हाम्रो छलफल सकारात्मक र शिष्ट थियो,' भौतिक योजना तथा निर्माणमन्त्रीसमेत रहेकी यमीले भनिन्- 'उहाले रिहा गर्नेमा आश्वस्त पार्नुभएको छ ।' स्रोतका अनुसार करिब तीन दर्जन नेपाली माओवादी बिहारका विभिन्न जेलमा छन् ।

No comments: