News

Apr 21, 2008

अमेरिकाले नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राज्य अमेरिकाले नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने भएको छ । सभामुख सुभाषचन्द्र नेम्वाङसंग संसद भवनस्थित कार्यकक्षमा ९ वैशाखमा भएको भेटमा अमेरिकी राजदूत नान्सी जे पावेलले उक्त जानकारी गराउनुभएको हो । नेम्वाङका अनुसार पावेलले माओवादीलाई अमेरिकी सरकारको आतंककारीको सूचीबाट हटाउने प्रक्रिया अगाडि बढाइसकिएको जनाउनुभएको छ । प्राविधिक काम सकिएलगत्तै उक्त घोषणा हुने पावेलको भनाई रहेको थियो । संविधान सभा निर्वाचनमा उल्लेख्य मत हासिल गरेको माओवादी प्रतिष्पर्धात्मक राजनीतिक प्रणालीमा आएलगत्तै अमेरिकाले उसलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने अपेक्षा गरिरहदा पावेलको पछिल्लो भनाई आएको हो । यसअघि माओवादी नेतृत्वले सूत्रहरुमार्फत् आतंककारीको सूचीबाट हटाउन आग्रह गर्दै आएका थिए । पावेलले संविधानसभाको बैठकको तयारी र भावी राजनीतिक दिशाबारे पनि चासो राख्नुभएको बुझिएको छ ।

No comments: