News

Apr 17, 2008

धरहराको टुप्पोमा पौडेललाई प्रभात पुरस्कार प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
वैशाख ४ । यस बर्षको प्रभात साहित्य पुरस्कारबाट कवि एवं गीतकार रमेश पौडेललाई पुरस्कृत गरिएको छ ।दुइ दशकयता निरन्तर साहित्य सिर्जनामा तल्लिन पौडेललाई बेलायतस्थित प्रवासी नेपाली साहित्य समाजले सोमबार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो । आठ वर्ष अगाडी स्थापित समाजले हरेक वर्ष कला-साहित्यमा योगदान दिनेलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । प्राज्ञ वैरागी काइँलाले पन्ध्र हजार राशीको उक्त पुरस्कार धरहराको टुप्पोमा प्रदान गर्नुभयो । सम्भवतः पहिलोपटक धरहराको टुप्पोमा आयोजित यस्तो कार्यक्रमले नयाँ सोचका साथ नयाँ प्रयोगको थालनी भएको प्राज्ञ काइँलाले बताउनुभयो ।उहाँले नेपाली साहित्यमा प्रवासको ठूलो योगदान रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले प्रवासीएका नेपालीमा देशप्रतिको माया र जिम्मेबारी बढेको बताउनु भयो ।समाजका सदस्य मिलन चाम्लिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. गोविन्दराज भट्टराइ, मञ्जुल, श्रवण मुकारुङ, वरिष्ठ रेडियोकर्मी मेजर किशोर गुरुङ्ग, प्रभातका उपाध्यक्ष विश्वासदीप तिगेलाले प्रवाशमा नेपाली साहित्यबारे बोल्नुभएको थियो ।अतिथिहरुलाई स्वागत गीतकार जितेन्द्र चेम्जोङ र सुरेन्द्र इङनामले गर्नु भएको थियो ।पुरस्कृत कवि पौडेलले पुरस्कारले आफूलाइ साहित्य सिर्जनामा लागिरहन थप हौसला मिलेको बताउदै एउटा घरदेशको स्रष्टाले परदेशबाट पाएको माया प्रशंशनिय छ भन्नुभयो ।सोहि समारोहम व्रिटिस मिडिया नेर्टवर्क प्रा. लि. का अध्यक्ष प्रेम वेघालाई कदर पत्र प्रदान गरिएको थियो । धरहराको टुप्पोमा आयोजित सो कार्यक्रम काठमाण्डौको तारे होटलमा गरिने कार्यक्रम भन्दा निक्कै नौलो र रोचक रहेको वक्ता र अतिथिहरुको अनुभव थियो ।

No comments: