News

Apr 27, 2008

माओवादीको प्रस्ताव बोकेर थापा दरबारमा, तीन घन्टा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजालाई नारायणहिटी दरबारबाट बाहिर निकालेर सुरक्षित अवतरण कसरी गर्ने विषयमा व्यापक छलफलमा जुटेको नेपाल कम्युनिस्ट पार्टी ओवादीका अध्यक्ष प्रचण्ड र राजतन्त्रवादी दल राप्रपाका अध्यक्ष एवं राजा ज्ञानेन्द्रका विश्वासपात्र कमल थापाबीच शुक्रबार भएको गोप्य भेटघाट र छलफलपछि त्यसको सन्देश बोकेर थापा हिजो साँझ राजा ज्ञानेन्द्रलाई भेट गर्न नारायणहिटी दरबार पुगेका छन् ।
राजा ज्ञानेन्द्रले स्वेच्छिक रूपमा नारायणहिटी त्यागे उनलाई सांस्कृतिक अधिकार सम्पन्न राजा वा सामान्य नागरिक सरह बस्ने व्यवस्थाको सुनिश्चित गर्ने विषयमा माओवादीभित्र फरकफरक मत आइरहेका बेला नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजा ज्ञानेन्द्रलाई सुरक्षित अवतरण गराउन आवश्यक परे आफैं ज्ञानेन्द्रसँग वार्तामा बस्ने भनी पठाएको प्रस्ताव बोकेर शाही मन्त्री कमल थापा आइतबार दरबार पुगेको बताइएको छ ।
छोरीको विवाहको निम्ता दिने निहुँमा दरबार पुगेका कमल थापा तीन घन्टासम्म राजतन्त्रको भविष्यका बारे राजासँग छलफल गरेको स्रोतको दाबी छ । संविधान सभा निर्वाचनमार्फ जनताबाट गणतन्त्र अनुमोदन भइसकेको परिस्थितिमा राजाको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला विकसित पछिल्लो घटनाक्रमले नयाँ तरंग उत्पन्न गराएको छ ।
हिजै राजाको संवाद सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी राजाका बारेमा पछिल्ला दिनमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट प्रकाशित/प्रशारित समाचारहरू कपोकल्पित र भ्रमपूर्ण भएको भन्दै खण्डन गरेको केही समयपछि माओवादीको सन्देश बोकेर कमल थापा दरबार पुगेका थिए । छलफलपछि के निष्कर्षनिस्कियो र्सार्वजनिक नभए पनि राजासँगको भेटपछि भने राजा र माओवादीको मध्यस्थकर्ता बनेका कमल थापा सर्म्पर्कदेखि टाढा बसेको बताइएको छ ।
कुनै न कुनै रूपमा राजाको भूमिका स्वीकार गर्ने पक्षमा माओवादी नेतृत्व रहेको संकेत देखापर्न थालेका छन् । यसै क्रममा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले सांस्कृतिक अधिकार सम्पन्न राजा राख्न सकिने भनी दिएको अभिव्यक्तिले हलचल मच्याएपछि आफ्नो भनाईलाई सच्याउने प्रयास गरेका छन् । यसैबीच, माओवादीका अर्का प्रभावशाली नेता रामबहादुर थापा 'बादल' ले राजतन्त्रको कुनै पनि अवशेष नराखिने जिकिर गरेका छन् । राजालाई जेसुकै अधिकार दिए पनि राजतन्त्रको अवशेष बाँकी रहने भएकाले त्यो ध्वस्त पार्नुपर्ने उनको दाबी रहेको छ ।
माओवादीका एक वरिष्ठ नेता राजालाई सांस्कृतिक अधिकार दिने पक्षमा छन्, अर्का प्रभावशाली नेता राजतन्त्र ध्वस्त पार्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड सुरक्षित अवतरणका निम्ति राजासँगै वार्तामा बस्न तयार रहनुले माओवादीभित्र राजतन्त्रको विषयमा अझै पनि मतभिन्नता रहेको स्पष्ट गरेको छ ।

No comments: