News

Jul 1, 2010

सिंगापुर र बु्रनाईका लागि गोर्खा भर्ती रोक्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १७,सर्वाच्च अदालतले सम्झौताविपरित सिंगापुर र बु्रनाईका लागि हुँदै आएको गोर्खा भर्ती रोक्न बुधबार बेलायत सरकारका नाममा आदेश दिएको छ। बेलायतले सिंगापुर र ब्रुनाईका लागि गोर्खाभर्ती लिदै आएको दाबी गर्दै त्यसलाई तत्काल रोक्न माग गर्दै दायर रिटमा अदालतले यो आदेश दिएको हो। सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताले बेलायत र भारतमा गरिने गोर्खाभर्तीलाई मात्र मान्यता दिएको छ।बेलायतले त्यहाँ भर्ती भएका गोर्खालीलाई सिंगापुर र बु्रनाई पठाउनु अनुचित भन्दै त्यसलाई तत्काल रोक्न न्यायाधीशद्वय बलराम केसी र प्रेम शर्माको संयुक्त इजलासले बुधबार आदेश दिएको हो। सम्झौता गरेर मात्र ती देशमा भर्ती गराउन आदेशमा उल्लेख छ। बेलायतले नेपालको सहमति नलिई सिंगापुर र बु्रनाईसँग सम्झौता गरी नेपालीलाई ती देशमा भर्ती पठाउने निर्णय लिनुले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा ठाडो उल्लंघन भएको निवेदक ओमप्रकाश अर्यालको दाबी थियो।रिटमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको थियो। बेलायत भारत र नेपालबीचको त्रिपक्षीय सम्झौताको धारा ११ को व्यवस्थाअनुसार ब्रिटिश सेनामा कार्यरत नेपाली नागरिले भारतीय संहिताले तोकेको भत्ता, पेन्सन र अन्य सुविधा पाउँछन्। सम्झौताको धारा १ ले वेलायत र भारतमा नेपालीहरुलाई भर्ती लिन पाइने व्यवस्था गरेको छ। त्रिपक्षीय सम्झौताअनुसार नेपालले भारतको सेनामा मात्र नेपाली नागरिकलाई भर्ती गर्नेमा सहमति भएको छ। त्यसबाहेक अन्य राष्ट्रका सेना प्रहरी वा अन्य सुरक्षा बलमा नेपालीलाई भर्ती गर्ने कानुनी व्यवस्थामा छैन। सहमतिनै नभएका सिंगापुर र ब्रुनाईमा बेलायतले आफै नेपालीलाई पठाउनु नहुने दावी रीटमा गरिएको छ। एक अनुमानअनुसार, हाल सिंगापुरमा हाल १००० नेपाली सिंगापुरको प्रहरी बल गोर्खाली दस्तामा कार्यरत छन्। बेलायतले ब्रिटिश सेना अन्तर्गतका गोर्खालीको बाहिनीको लागि भर्ती गरेजस्तै गरी सिंगापुर प्रहरीमा नेपालीलाई भर्ती गरेको छ। बेलायत र सिंगापुरबीचको आर्थिक लेनदेनको आधारमा यस्तो गरेको निवेदकले दाबी गरेका छन्। तालिम दिइसकेका गोर्खालीलाई बेलायतले तेस्रो मुलुकमा बेचेको भन्ने सम्मको दाबी रिटमा गरिएको छ।यसैगरी बेलायतले ब्रिटिश गोर्खामा भर्ति भएका नेपालीलाई बु्रनाईमा पनि पठाउने गरेको छ। २०५९ साल पुषममा बेलायत र ब्रुनाईबीच सन् २००८ सम्म ब्रिटिश गोर्खाको एउटा भाग बु्रनाईमा रहने सम्झौता भएको थियो। तर यस विषयमा बेलायत र नेपाल बीच कुनै सहमति भएको थिएन। बु्रनाईको गोर्खा रिर्जभ युनिटमा हाल २५ सय नेपाली कार्यरत छन्। निवेदकले बु्रनाई र सिंगापुरमा के आधारमा नेपालीलार्य भर्ति गरिन्छ? कुनै सन्धी सम्झौता भएको छ कि भन्ने विषयमा परराष्ट्र मन्त्रालय संग ०६१ मंसिर ८ गते निवेदन मार्फत् जवाफ मागिएकोमा मौखिक रुपमा सम्झौता भएको भनिए पनि हालसम्म कुनै लिखित जवाफ नआएको निवेदकले बताएका छन्।

No comments: