News

Jul 12, 2010

सीमामा एसएसबीको ज्यादती बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम (मङगलबारे),पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती बढेको पाँचथर प्राङ्बुङका देवीप्रसाद नेपालले बताउनुभएको छ ।एसएसबीको ज्यादती बढेपछि एक साताअघि सीमा क्षेत्रको निरीक्षणमा गएका इलाम, पाँचथर र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष स्थानीबासीले सुरक्षाको माग गरेका छन् ।सीमासुरक्षा बलका जवान हतियारसहित नेपाली गाउँ पसेर स्थानीयबासीलाई धम्की दिने गरेको पाँचथर च्याङ्गथापुका रत्न बानियाँले बताउनुभयो ।इलाम, पाँचथर र ताप्लेजुङका सीमाक्षेत्रका गोठ सञ्चालक भारतीय सीमासुरक्षा बलको ज्यादती सहन बाध्य भएको बताउँछन् ।गोठमा उत्पादित घिउ, छुर्पी, चीज भारतका व्यापारिक केन्द्रमा लैजाँदा सीमासुरक्षा बलका जवानलाई नदिए खोसेर खाने गरेको गोठ सञ्चालक योगेश राईले बताउनुभयो ।

No comments: