News

Jul 12, 2010

गौतमलाई राष्ट्रसंघीय प्रेसिडेन्टमा पदमा उम्मेदवार बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २९ - सरकारले संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमलाई राष्ट्रसंघीय महासभाको प्रेसिडेन्टमा पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कामचलाउ मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई सन् २०११ को सेप्टेम्बरदेखि २०१२ सेप्टेम्बरसम्मको एकवर्षे पदावधिका लागि हुने निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले गौतमलाई प्रेसिडेन्टमा जिताउन व्यापक कूटनीतिक लबिङ गर्ने निर्णय गरेको जानकारी ऊर्जामन्त्री प्रकाशशरण महतले दिए । यसपटक एसिया महाद्वीपबाट प्रेसिडेन्ट चुनिने पालो छ । एसियाली अर्को मुलुक कतारले न्युयोर्कस्थित आफ्ना राजदूतलाई प्रेसिडेन्टको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कतारले २/३ महिनादेखि आफ्नो उम्मेदवारको पक्षमा प्रचार सुरु गरिसकेको छ । तर नेपालले निर्णय गर्न ढिलो गरेकाले परिणाम आफ्नो पक्षमा पार्न मुस्किल हुने परराष्ट्रका अधिकारी बताउँछन् ।

No comments: