News

Jul 17, 2010

दुई किशोरी २६ दिन देखि भारतमा बन्धक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गुलरिया, श्रावण १ - दुई नेपाली चेलीलाई अपहरण गरी भारत पुर्‍याईएको छ । अपहरित किशोरीलाई २६ दिनदेखि भारतको बहर्रईचि जिल्लाको अमृतपुरस्थित पुरैना गाँउमा डाक्टर भन्ने लालबहादुर भारतीले बन्धक बनाएको पीडितका अभिभावकले जनाएका छन् ।
कञ्चनपुर जिल्ला कालिका गाविस-१ दशरथबस्तीकी १४ वर्षिया माया कुमारी विक र १५ वर्षिया कान्ती कुमारी दमाईलाई भारत सोही ठाउँ बस्ने अजय बन्जरा र रमेश बन्जाराले अपहरण गरि भारत लगेको विकका वावु नन्दलालले बताए ।
बन्जराद्धय कञ्चनपुरमा मगन्तेका रुपमा बस्दै आएका थिए । धेरै मेहनत पछि छोरीहरु भारतको पुरैना गाँउमा भएको जानकारी पाएको अभिभावक जीत बहादुर दमाईले बताए । अपहरित किशोरी बर्दियाको सीमा देखि करिब ५० किमी दक्षिणमा पर्ने उक्त गाँउमा छन् ।

No comments: