News

Jul 1, 2010

गम्भीर प्रकृतिका निर्णय नगर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १७ - कामचलाउ सरकारले पेस्की बजेट ल्याउने तयारी सुरु गरेको छ । राज्य र सहायक मन्त्रीसहितको कामचलाउ मन्त्रिपरिषद् बैठकले नयाँ सरकार गठनको प्रक्रिया सुरु नभए पेस्की बजेट ल्याउने निर्णय गरेको हो । कर्मचारीको तलब, विकास निर्माणमा व्यवधान आउन नदिन पेस्की बजेट ल्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले कुनै ठूला निर्णय नगरे पनि जनताको समस्याको सम्बोधन गर्न मन्त्रीहरुले निर्देशन दिएको ऊर्जा मन्त्री प्रकासशरण महतले जानकारी दिए ।
राष्ट्रिय असर पर्ने र गम्भीर प्रकृतिका निर्णय भने नगर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएको ऊर्जा मन्त्री महतले बताए । प्रधानमन्त्रीले शान्तिसुरक्षा कायम गरी जनताको जिउधनको सुरक्षालगायतका विषयमा भने गम्भीर हुन निर्देशन दिएका थिए ।

No comments: