News

Jul 13, 2010

अफगानिस्तानमा नेपाली सैनिकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ३०,अफगान सुरक्षा फौजका विद्रोहीको आक्रमणमा मंगलबार बिहान एक नेपालीसहित तीन बेलायती सैनिकको मृत्यु भएको छ। मृतक नेपाली रोयल गोर्खा राइफल्स पहिलो बटालियनका सदस्य रहेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ। घटनामा बेलायतको अफिसर तालिम केन्द्र स्यान्डसबाट गएका कर्पोरल अर्जुन पाइजा पुन (२११६९३७९) को मृत्यु भएको जानकारी नेपाली समाचार डट कमले दिएको छ।
अफगान सुरक्षाफौजका विद्रोही सैनिकले हेलमन्द प्रान्तको नार ए साराजमा स्थानीय समयअनुसार बिहान २ बजे गोली हानी थप चार सैनिकलाई घाइते बनाएका थिए।आक्रमणमा एकमात्र अफगान सैनिक संलग्न रहेको र आक्रमणपछि भागेको हेलमन्दस्थित बेलायत सैनिक टास्क फोर्सका प्रवक्ता जेम्स कार स्मिथले बताए।

No comments: