News

Jul 12, 2010

फास्टट्रयाक निर्माणमा एडिबीलाई सहभागी गराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २९ - सरकारले राजधानीबाट तराई जोड्ने ७६ किलोमिटर द्रुतमार्ग (फास्टट्रयाक) निर्माणमा एसियाली विकास बैंक (एडिबी) लाई सहभागी गराउने भएको छ । अनुमानित १ अर्ब अमेरिकी डलरको लागत पर्ने अनुमान गरिएको यो आयोजनामा निजी क्षेत्र वा अन्य कुनै देशको मात्र लगानीले निर्माण असम्भव भएकाले बहुपक्षीय दातृ निकायलाई सहभागी गराउनका लागि यसो गरिएको आयोजना प्रमुख सरोजमान प्रधानले बताए ।
प्रधानका अनुसार सार्वजनिक- निजी साझेदारी अवधारणाअन्तर्गत सरकारले यसै साताभित्र विश्वव्यापी रूपमा इच्छुक लगानीकर्ताहरूसमक्ष प्रस्ताव -आशयपत्र) माग्दै छ । यस्तो प्रस्ताव गर्नुअघि केही बुँदामा एडिबीको सहमतिका लागि पठाइएको प्रधानले जानकारी दिए । 'यो कुनै एउटा देश वा निजी क्षेत्रले मात्र निर्माण गर्न सक्ने पूर्वाधार होइन,' प्रधानले सोमबार कान्तिपुरसित भने, 'बहुपक्षीय दातृ निकायको सहयोगबिना सम्भव छैन, त्यसैले एडिबी यसमा सकारात्मक देखिएको छ ।'

No comments: