News

Jul 17, 2010

नेतृत्वका लागि पार्टीका अध्यक्ष प्रचण्डको विकल्प खुला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले सरकारको नेतृत्वका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खुला गरेको छ। माओवादी स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डको विकल्प खुला गरेको हो।माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प राख्ने कि नराख्ने भन्ने बारेमा पार्टीभित्र विवाद रहेको थियो। माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्नेमा पार्टीभित्र र बाहिरबाट पनि व्यापक आवाज उठिरहेको छ।सहमतीय सरकार निर्माणका लागि आउँदो ५ गते ११ बजेसम्म पनि प्रयास गरिरहने निर्णय पनि बैठकले गरेको छ। कांग्रेस र एमालेले ल्याएको प्रस्तावले सहमतिको सम्भावना क्षिण बनाएको माओवादीले ठहर गरेको छ। सहमतीय सरकार नबनेमा आफ्नै नेतृत्वमा दुई तिहाई बुहमतको सरकारको लागि पनि प्रयत्न गर्ने पक्षमा माओवादी पुगेको छ।राष्ट्रिय सहमतिको आधार तय गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले तयार पारेको खाकाले माओवादीलाई अल्झाउने प्रयासमात्रै गरेको माओवादीले ठहर गरेको प्रवक्ता दिनानाथ शर्माले बैठकपछि जानकारी दिनुभयो। शान्ति र संविधान नै मुख्य एजेन्डा भएकाले त्यसभन्दा बाहिरबाट सहमति हुन नसक्ने माओवादीले फेरी प्रष्ट पारेको छ।एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदाको पूरानै गठबन्धन बन्यो भने फेरी पनि स्वीकार्य नहुने माओवादीले जनाएको छ। माओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठक दुई पार्टीले तयार पारेको प्रस्तावित खाकाकै विषयमा बढी केन्द्रीत रहेको अर्का एक नेताले जानकारी दिएका छन्।हिजो बसेको माओवादी केन्द्रीय पदाधिकारीहरुको बैठकले एमाले र कांग्रेसले प्रस्तुत गरेको खाका सहमतिको आधारमा सरकार गठन गर्ने भावना विपरीत भएको निष्कर्ष निकालेको थियो।

No comments: