News

Jul 13, 2010

ओबर्थरले पेस गरेका प्रमाण 'नक्कली'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ असार, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइका लागि टेन्डर पाएको फ्रान्सेली कम्पनी ओबर्थरले सरकारलाई नक्कली डकुमेन्ट पेस गरेको प्रमाण भेटिएको छ । दुई देशमा एमआरपी पर्सनलाइजेसन प्रिन्टर सप्लाई गरिरहेको भनी उसले पेस गरेका प्रमाणपत्र नक्कली पाइएका हुन् ।
परराष्ट्रले टेन्डर आह्वान गर्दा सम्बन्धित कम्पनीले दुई देशमा एमआरपी पर्सनलाइजेसन प्रिन्टर सप्लाई गरेको हुनैपर्ने अनिवार्य प्रावधान राखेको थियो । ओबर्थरले कोरियाको पार्क एन्ड ओपिसी पर्सनलाइजेसन प्रिन्टरहरू कोरिया र घानामा सप्लाई गर्दै आएको प्रमाण परराष्ट्र मन्त्रालयमा पेस गरेको छ । तर, सो प्रमाण नक्कली भएको देखिएपछि टेन्डर प्रक्रिया फेरि विवादमा परेको छ ।
परराष्ट्र मन्त्रालयले यही हप्ता ओबर्थरसँग एमआरपी छपाइसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहँदा तीव्र विवाद सुरु भएको हो । टेन्डर प्रतिस्पर्धामा रहेका इन्डोनेसियाको पेरम पेरुरी र बेलायतको देलारु कम्पनीले परराष्ट्र मन्त्रालयमा ओबर्थरविरुद्ध उजुरी दर्ता गरेका छन् । सो उजुरीसँगै ओबर्थरले पेस गरेको दस्ताबेज नक्कली रहेको पुष्टि हुने कोरियाली परराष्ट्र मन्त्रालयको पत्र संलग्न छ,।

No comments: