News

Jul 13, 2010

प्रधानमन्त्रीको भनाइ राष्ट्रसंघद्वारा खण्डन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २९, संयुक्त राष्ट्रसंघले नेपालस्थित शान्ति मिसन(अन्मिन)ले तोकिएको कार्यादेश भित्र रहेर काम गरिरहेको जनाएको छ। मिसनले अघि सारेको माओवादी पूर्व लडाकुको समायोजन सम्बन्धी ६० साताको कार्यकालिकालाई प्रधानमन्त्री माधवकुमार नेपालले कार्यदेश नाघेको आपत्तिजनक कार्य भनिरहेकेका बेला राष्ट्रसंघले यस्तो भनाइ सार्वजनिक गरेको हो। प्रधानमन्त्रीले अनमिनको सो कार्य कार्यादेश नाघेर गरिएको र त्यो अस्वीकार्य बताएका थिए। उनको भनाइको खण्डन गर्दै महासचिवका सहायक प्रवक्ता फरहान हकले सुरक्षा परिषदले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अनमिनलाई गरेको आव्हानअनुसार तयार गरेको बताएका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले सेना समायोजना सम्बन्धी अनमिनका कार्ययोजनाले माओवादीका भनाइका वकालत गरेको आरोप लगाएका थिए। सहायक प्रवक्ता हकले माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापनाका लागि तयार पारेको समय तालिका नेपालका प्रमुख राजनीतिक दलहरुसँग गरिएको परामर्श तथा सरकारको पूर्ण जानकारीमै तयार गरिएको बताएका छन्।
उनले माओवादीका पूर्व लडाकुको समायोजन तथा पुनर्स्थापनाका सम्बन्धमा हुने राजनीतिक निर्णयलाई छलफल गराउन तथा सहयोग गर्न त्यो तयार पारिएको बताएका छन्।

No comments: