News

Jul 13, 2010

विद्यार्थी संगठनहरुद्वारा आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न तेह्र विद्यार्थी संगठनले प्रविणता प्रमाणपत्र तह हटाउने त्रिभुवन विश्वविद्यालयको निर्णयको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। राजधानीमा मंगलबार पत्रकार सम्मेलन सार्वजनिक गरेर विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका हुन्।प्रविणता प्रमाणपत्र तह खारेज गरे त्यसको विकल्प खोज्नुपर्ने माग गर्दै आएका विद्यार्थीहरुले सहमतिका लागि पटक-पटक वार्ता गरे पनि राज्यले चासो नदिएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन्।आन्दोलनको कार्यक्रममा शिक्ष्ाा मन्त्रालय, त्रिभुवन विश्व विद्यालय, उच्चमाध्यामिक शिक्षा परिषदमा ज्ञापन पत्र पेश, त्रिवि सभालाई लक्षित गरेर विरोध प्रदर्शन गर्ने लगायतका छन्।

No comments: