News

Jul 2, 2012

घुस लिने अध्यागमन कर्मचारीलाई छ महिना कैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १८,अमेरिका जान लागेकी एक महिलासित घुस लिएको भन्दै अध्यागमन विभागका पियन पूर्णबहादुर बस्नेत र मुद्दा शाखाका कम्प्युटर अधिकृत माधव गौतमलाई विशेष अदालतले छ महिना कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको इजलासले भिडियो र अडियो रेकर्डसमेतका प्रमाणलाई ध्यानमा राख्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम रिसवत लिने कसूर गरेको ठहर गरेको हो। फैसलामा सोही ऐनको दफा ३ (१) (घ) बमोजिम जनही कैद महिना छ र जरिवाना एक लाख रुपैयाँ हुने ठहर गरिएको हो। गत असोजमा अमेरिका उड्न लागेकी डिचेन डोल्मा शेर्पालाई उनीहरुले उड्न नदिई १ लाख रुपियाँ घुस मागेका थिए।

No comments: