News

Jul 16, 2012

खराव नागरपालिकाको सूचीमा काठमाडौं महानगर दोस्रो स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन १- देशको एकमात्र महानगरपालिका तपाईंको अन्दाजमा मुलुकभरका ५८ नगरमध्ये न्युनतम सर्त र कार्यसम्पादनका हिसाबले कति औं स्थानमा होला ? पहिलो ? दोस्रो ? वा तेस्रो... राजधानी शहरको हिसाबले पनि काठमाडौं महानगर पक्कै पहिलो नम्बरमा आउने अड्कल जो कोहीको हुन्छ । तर यस्तो अड्कल गर्नेहरु त्यतिबेला गलत सावित हुन्छन्, जतिबेला उनीहरुले यो मुलुककै एक्लो महानगरपालिकाको वास्तविक हैसियत थाहा पाउँछन्। अर्थात् अन्तिमबाट दोस्रोमा पर्न सफल भएको छ यो महानगर । देशभरका स्थानीय निकायको वित्तीय सुधार, अनुगमन र अनुसन्धान गर्ने 'स्थानीय निकाय वित्तीय आयोग' ले सबै स्थानीय निकायमा गरेको अध्ययनअनुसार महानगर ५७ औं स्थानमा परेको हो। जबकि महानगरले सर्लाहीको मलङ्गवा नगरपालिकालाई मात्र जित्नन सकेको छ। देशकै एकमात्र महानगरपालिका स्थानीय नियकायमा कार्यसञ्चालन सम्बन्धि न्यनतम शर्त पूरा गर्न असफल भएको छ । गत वर्ष पनि कामपा यही स्थानमा थियो । न्यूनतम सर्त र कार्यसम्पादन मापन ज्यादै नाजुक भएकै कारण महानगरले ३१ करोड १३ लाख रुपैयाँ सरकारी र दातृनिकायको अनुदान गुमाएको छ । महानगरपछि सर्लाहीको मलङ्गवा नगरको प्रगति र कार्यसम्पादन सबैभन्दा कमजोर छ । त्यसबाहेक लहान र जनकपुर नगरपालिका समेत कार्य सम्पादन, मूल्याङ्कनमा असफल देखिएका छन् । आयोगको अध्ययन नतिजाले दोलखाको भीमेश्वर, दाङको घोरही, रुपन्देहीको वुटवल, मकवानपुरको हेटौडा नगरपलिकाले उच्च अंक पाएका छन् । सूचकभन्दा माथि अंक प्राप्त गर्ने नगरलाई आयोगले जनसंख्या र भूगोलका आधारमा अनुदान थप्ने गरेको छ । महानगरले १३ वटा न्यूनतम सर्तमध्ये १० वटामात्रै पूरा गरेको छ । देशभरका नगरपालिकामध्ये सबैभन्दा बढी बजेट चलाउने महानगरले बेलैमा योजना तथा बजेट स्वीकृत नगरेको, प्रगति समीक्षा नगरेको, करका स्रोतको अभिलेख, लेखापरीक्षण, खरिद योजना, बेरुजु अभिलेख फछ्र्योट नगरेको र नागरिकस्तरीय राजस्व परामर्श समिति गठन नगरेकाले नतिजा बिगारेको हो । त्यसैगरी महानगरले १ सय पूर्णाङक मध्ये ४० नम्बर मात्रै प्राप्त गरेको छ । यसैगरी आयोगका सदस्य सचिव शिवबहादुर रायमाझीका अनुसार कार्यसम्पादन, मुल्याङ्कनमा जिविसहरुमध्येबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने भक्तपुर जिल्ला छ । त्यसबाहेक धनकुटा र सिन्धुपाल्चोक जिविसले क्रमश: दोस्रो र तेस्रो स्थान पाएका छन् भने सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रामेछाप, चितवन, कास्की, डोल्पा, कालिकोट, अछाम, बझाङ जिविसहरुले कार्यसम्पादन, मुल्याङकन नगरी असफल भएका छन् ।

No comments: