लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५ प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा विघटनपछि पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएका छन्। ‘छलफल बजेट, निर्वाचन र मुलुकलाई राजनीतिक निकास दिनका निम्ति राष्ट्रिय समझदारी कायम गर्ने गरि हुनेछ', प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए।
भोलि मंगलवार विहान ८ बजे प्रधानमन्त्री कार्यलय, सिंहदरवारमा प्रधानमन्त्रीले दलहरुसँग छलफल गर्नेछन्। राष्ट्रिय एकता, स्वाधीनता र मुलुकको आर्थिक विकासमा सबै राजनीतिक दलहरु वीचमा एकता हुनु पर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले दलहरुबीच सहमति भए आफू जस्तोसुकै त्याग गर्ने उनले बताएका छन्।
No comments:
Post a Comment