News

Jul 4, 2012

सञ्चारमन्त्री नहटाए सडक संघर्ष गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २०,मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष नन्दकुमार दत्तले सञ्चारमन्त्री राजकिशोर यादवलाई तत्काल पदबाट नहटाइए सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्। पार्टीबाट निस्कासित व्यक्तिलाई प्रधानमन्त्रीले मन्त्री पदमा राख्न नहुने उनले बताए। रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने- 'राजकिशोर यादव पार्टीबाट निष्काशित भइसकेका छन् र पार्टीको निर्णयअनुसार मन्त्री बनेकालाई हटाउने निर्णयअनुसार तत्काल हटाउनुपर्छ।' पार्टीको आधिकारिक निर्णय सदर गरेर पदबाट नहटाइए सडक आन्दोलनमा जाने चेताउनी उनले दिए। पूर्व कृषिमन्त्री समेत रहेका उनले सफाइको मौका समेत नदिइकन पदबाट हटाउन प्रधानमन्त्रीलाई यादवले पत्र लेखी फिर्ता बोलाएको स्मरण गराउँदै पार्टीको आधिकारिक निर्णय अनुरुप प्रधानमन्त्रीबाट निर्णय आउनुपर्ने तर्क गरे। 'मलाई राजकिशोरको पत्रकै आधारमा मन्त्रीबाट हटाउने अहिले पार्टीका आधिकारिक निर्णय सदर गरी निर्णय नगर्ने प्रधानमन्त्री भट्टराईको दोहोरो चरित्र हो।' यादवलाई मन्त्री पदबाट हटाउन अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताद्वारा हस्ताक्षरित पत्र समेत आफूहरुसँग सुरक्षित रहेको बताए। राजकिशोरलाई हटाउनेबारे अन्य मधेशी दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेको खुलासा गरे। उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतसँग छलफल भएअनुसार केही दिन पर्खन सुझाव आएबमोजिम मात्र धैर्य गरेको उनले बताए।

No comments: