News

Jul 16, 2012

त्रिशुली बस दुर्घटनामा मर्नेको संख्या १६ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
तनहुँ, साउन १धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मर्नेको संख्या १६ पुगेको छ। दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन्। मृतकमध्ये ७ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा ग्रामिण विकास बैक गजुरीमा कार्यरत दीपक प्रसाद खनाल, नेपाली सेनाको आर्टिनरी तालिम केन्द्रमा कार्यरत शिव बहादुर कार्की, उदयपुरका खोप बहादुर धमला, सिन्धुलीका कोसिश घिमिरे,सिन्धुलीकै रुकु मगर, उदयपुरकी पृथ्वीमाया वि.क र प्रतिक्षा विक रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। पृथ्वीमाया र प्रतिक्षा आमा छोरी हुन्। अन्य ९ को अहिलेसम्म सनाखत भएको छैन्। उदयपुरको कटरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना २ ख ४९५१ नम्बरको रात्रि बस सोमबार बिहान करिब ५ बजेको समयमा कृष्णभीर नजिकैबाट त्रिशुली नदीमा खसेको हो। सडकदेखी करिब २ सय मिटर तल नदीमा खसेको बस क्रेनको सहायताले नदी किनारमा झिक्दाँ बस भित्र ७ जनाको शब फेला परेको घटनास्थलमा खटिएका प्रहरी हवल्दार सम्शेर माझीले जानकारी दिए। यसअघि ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो। घटनामा परी घाइते भएकाहरुको स्टार अस्पताल र सुपर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। यात्रु संख्या एकिन नभएकाले नदीमा यात्रु हराइ रहेको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ।

No comments: