News

Jul 10, 2012

वैद्य पक्षसहितको सर्वदलीय वैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २६ - आगामी आर्थिक वर्षको बजेट र राजनीतिक गतिरोधका विषयमा छलफल गर्न अहिले नयाँबानेश्वरस्थित संविधानसभा भवनको ल्होत्से हलमा विघठित संविधानसभामा रहेका दलहरुको बैठक सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको वैठकमा वैद्य पक्षका नेता पनि सहभागी छन्। आज बिहान प्रधानमन्त्री बाबुराम भट्टराईले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली काँग्रेस र नेकपा (एमाले) सहभागी नभएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अर्को बैठक बोलाएका हुन्। बैठकमा विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने र ती दलबाट फुटेर नयाँ बनेका दलसहित अधिकांश दलको सहभागिता रहेको छ। दिउँसो ४:३० बजे सुरु भएको बैठकमा ढिलो गरी नेकपा-माओवादीका नेता देवप्रसाद गुरुङ पनि प्रवेश गरेका छन्। प्रधानमन्त्री भट्टराईसहित अन्य प्रमुख दलका शीर्ष नेताहरु वैठकमा छन्। बैठकले व्यवस्थापिका-संसद् नरहेको अवस्थामा अध्यादेशबाट पूर्ण या आंशिक बजेट ल्याउने, राष्ट्रिय सहमतिको सरकार गठन र नयाँ संविधानका विवादित विषयमा नयाँ सहमति गर्नेलगायतका विषयका केन्द्रित हुने बताइएको छ।

No comments: