News

Jul 9, 2012

रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मस्को, असार २४ (एएफपी)- रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१ पुगेको छ। हिजो आएको आँधीबेहरीसहितको बाढीका कारण आज बिहानसम्ममा बाढीमा परी मृत्यु हुने १४१ पुगेको हो। सो बाढी र पहिरोमा परी हराइरहेका थपको शव प्राप्त भएको उक्त प्राकृतिक प्रकोपको उद्वारका लागि खटिरहेका उद्वारकर्मीहरुले जनाएका रुसी गृह मन्त्रालयले जानकारी दिएको छ। दक्षिणी रुसको क्रास्नोदास्की कारी स्थानमा हिजो सो बाढी आएको बताइएको छ। विगतका केही दिनदेखि जारी रहेको भारी वर्षाको क्रममा हिजो अकस्मात आँधी र ठूलो बाढी आएको बताइएको छ। तर आजभने सो बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र क्रिमस्क रहेको पाइएको छ। सो क्षेत्र सुची सहरबाट करिब १२० माइल उत्तरपश्चिम क्षेत्रमा पर्दछ। सुची रुसले आगामी सन् २०१४ मा गृष्मकालीन ओलम्पिक खेलको आयोजना गर्न लागेको सहर हो। तर सो सरहमा भने बाढी र आँधीका कारण खासै प्रभाव परेको छैन । सो बाढीमा परी अरुपनि केही व्यक्ति हराइरहेका बताइएको छ। अहिले पनि वर्षा निरन्तर रहेकोले बाढीबाट प्रभावित केही स्थानीयलाई अन्यत्रै सारिएको छ। प्रभावित क्षेत्रमा ठूलो संख्यामा सैनिक एवम् संयुक्त सुरक्षाबल परिचालन गरी खोजी एवम् उद्वारका कार्य जारी राखिएको रुसको प्रकोप व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ। अहिलेसम्म सो क्षेत्रमा २९ हजार व्यक्ति प्रभावित भएका छन्। उनीहरुलाई पनि सुरक्षितस्थलतर्फ लैजान थालिएको पनि प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन्। रुसको सङ्कटकालीन व्यवस्थापनसम्बन्धी मन्त्रालयले दिएको जानकारी अनुसार सो क्षेत्रमा बाढीको प्रकोप अहिले पनि कम भएको छैन। प्राकृति प्रकोपसम्बन्धी विभाग तथा मौसम विज्ञहरुले जनाएअनुसार अहिले पनि भीषण वर्षाको नटरेको र अरु केही घन्टासम्म यसको डर रहेको जानकारी दिएका छन्। यसैकारण पनि उद्वार र सतर्कतासम्बन्धी विभिन्न प्रयासहरु जारी नै राखिएको बताइएको छ। सो बाढीमा परी हराइरहेकाहरुको खोजी कार्यलाई पनि व्यापक बनाइएको छ। हिजो साँझ रुसी राष्ट्रपति भलादिमिर पुटिन बाढी प्रभावित क्षेत्रमा गई बाढीको पछिल्लो अवस्था र क्षतिको जानकारी लिएका थिए ।

No comments: