News

Jul 27, 2012

अध्यक्ष लिङ्देन यूके भ्रमण पूरा गरी नेपाल आगमन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२४ जुलाई २०१२,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' तीन साता लामो यूकेको राजनीतिक भ्रमण पूरा गरी नेपाल फकर्नुभएको छ । अध्यक्ष मिराक यूकेको भ्रमण पूरा गरी नेपाल फर्कने क्रममा यूकेमा रहनु भएका संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति यूकेका पदाधिकारी तथा सदस्यहरुबाट मेन्चेष्टर एअरपोर्टमा विदाई गरिएको थियो । जुलाई २३ का दिन अध्यक्ष मिराक नेपाल एअर पोर्टमा आइपुग्नुहुँदा संघीय मञ्चका महासचिव खगेन्द्र माखिम र लिम्बुवान उपत्यका समितिका कार्यवाहक अध्यक्ष विष्णु यक्सोको नेतृत्वमा एक टोलीबाट नेपाल एअरपोर्टमा स्वागत गरिएको थियो । जुलाई २४ का दिन संघीय मञ्च तथा लिम्बुवान उपत्यका समितिको तर्फबाट चुम्लुङ्हिम ललितपुरमा एक ''यूके भ्रमण अनुभव सेयरिङ कार्यक्रम'' आयोजना गरिएको थियो । अनुभव सेयरिङ कार्यक्रम्मा अध्यक्ष 'मिराक'ले यूकेको राजनीतिक भ्रमण सार्थक र सफल रहेको बताउनु भयो । वहाँले यूकेको राजनीतिक, प्रशासनिक र राज्य सञ्चानल सम्बन्धी अपनाइएको व्यवस्थाबाट हामीले धेरै कुरा सिक्न सकिने बताउनु भयो । वहाँले आफूले यूके भ्रमणबाट सिकेको हरेक पाठहरूलाई आफ्नो सङ्गठन र भोलिको संघीय नेपाल तथा लिम्बुवान लगायतका राज्यहरूमा अपनाउन सकिने बताउनु भयो । साथै, यूकेमा गरिएको विशेष प्रकारको संघीयताको अभ्यास र प्रत्येक राज्यमा प्रयोग गरिएको केन्द्र र राज्यको झण्डा, राज्य भाषाको प्रयोग र मुद्रासम्म छाप्ने अधिकारबाट आफू धेरै प्रभावित भएको बताउनु भयो । वहाँले बताउनु भयो- ''संसारमा उहिल्यैदेखि अपनाइएको व्यवस्था हामीले अहिले नेपालमा अपनाउन खोज्दा यहाँका एकात्मकवादीहरु विखण्डनको आरोप लगाइरहेका छन् । वास्तवमा, हाम्रो दाबी र आन्दोलन एक्दमै सही छ । हामी यसको लागि यी एकात्मकवादीहरुसँग कुनै सम्झौता नगरी हजार वर्षपनि लड्न तयार हुनुपर्दछ ।'' अनुभव सेयरिङ कार्यक्रममा बोल्नुहुँदै लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले अध्यक्षको यूके भ्रमणले नेपालको संघीयवादी लिम्बुवान आन्दोलनलाई धेरै टेवा दिनसक्ने विश्वास प्रकट गर्दै सो भ्रमणलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण यूकेवासी नेपाली-लिम्बुवानी सहयोद्वाहरूप्रति संघीय मञ्च र लिम्बुवानको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो । लिम्बुवान उपत्यका समितिका कार्यवाहक अध्यक्ष विष्णु यक्सोको अध्यक्षतामा भएको यस कार्यक्रममा त्रिभुवन (नेपाल) विश्वविद्यालयमा अध्यक्षरत् ६० जना विद्यार्थीहरूले अध्यक्ष मिराकबाट सङ्गठनको क्रियाशील सदस्यता लिएका थिए । मञ्चका महासविच, सचिवालय सदस्यहरु, महिला नेतृत्वहरु र बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको यस कार्यक्रमलाई लिम्बुवान उत्पयकाका सचिव पदम तुम्बाहाङ्फेद्वारा सञ्चालन गरिएको थियो । - डीबी आङ्बुङ/फोटोः सेमिमा तुम्बाहाङ्फे

No comments: