News

Jul 28, 2012

खेलकुदको कुम्भमेलामा २ सय ४ देशका १० हजार ५ सय खेलाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
शुक्रबार राति बेलायती महारानी एलिजावेथ द्वितीयले विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडीले सहभागीता जनाएको खेलकुदको कुम्भमेला उद्घाटन गरेकी छन् । बेलायतले तेस्रोपटक आयोजना गरेको ओलम्पिकका कारण पूर्वी लन्डनको स्टाटफोर्ड क्षेत्रमा तामझाम छ । शुक्रबार राति लण्डनको स्थानीय समयअनुसार बेलुकी ९ बजे खेलकुदको महाकुम्भ औपचारिक रुपमा सुरु भएको हो । नेपाली समयअनुसार खेलकुद महाकुम्भको उद्घाटन रातिको पौने २ मा भएको हो । विश्वभर रौनकता थपिरहेको ओलम्पिकले नेपाली दर्शकलाई समेत तताएको छ । ओलम्पिकको उद्घाटन हेर्न राजधानी काठमाडौँ बासी जाग्राम बसेका थिए । बेलायती महारानीले उद्घाटन गरेको खेलकुद महाकुम्भमेला बेलायतले ६२ वर्ष पछि आयोजनाको अवसर पाएको हो । बेलायती प्रधानमन्त्री डेबिट क्यामरुनले बिहिबार राति नै ओलम्पिकको भव्यतामा गौरवका साथ खुसीयाली मनाउँन बेलायतबासीलाई आह्वान गरेका थिए । बेलायतले इतिहासकै सबैभन्दा भव्य खेलकुद कुम्भ बनाउँने योजना अनुसार उत्कृष्ठ तयारी गरेको हो । लण्डन ओलम्पिक २०१२ आयोजक समितिका प्रमुख सेवास्टिन कोलेले इतिहासकै भव्य र स्मरणीय ओलम्पिकको उद्घाटन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ओलम्पिक सम्पन्न हुने स्टाटफोर्ड क्षेत्रलाई ओलम्पिकका व्यानरले बेहुली सजाइएजस्तै सजाइएको छ । फुटबलको आयोजना स्थलमध्येको एक बेम्बलीको मुख्य बजार र रंगशाला वरपर पूर्ण रुपमा झन्ड र तुल टाँगेर सजाइएको छ ।

No comments: