News

Jul 25, 2012

एक निर्वाचनका लागि एक उम्मेदवारले मात्रै उम्मेदवारी दिन पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमा अब एक निर्वाचनका लागि एक उम्मेदवारले मात्रै उम्मेदवारी दिन पाउने प्रस्ताव ल्याएको छ । निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा उक्त प्रावधान ल्याएको हो । यसअघि एक उम्मेदवारले एक भन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिन पाउने प्रावधान रहेको थियो । अहिलेको नयाँ प्रस्तावित ऐन संशोधनका लागि आयोगले सरकारलाई बुझाइसकेको छ । आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा उम्मेदवारको अयोग्यताको थप व्यवस्था, उम्मेदवारले मनोनयन पत्र साथ सम्पत्ति विवरण र अदालती कारबाही सम्बन्धी विवरण पेस गर्नुपर्ने व्यवस्था, निर्वाचन खर्च व्यवस्था आदिको पनि प्रस्ताव गरेको छ ।

No comments: