News

Jul 28, 2012

लण्डन ओलम्पिकको सुरक्षामा १ सय ५० पूर्व गोर्खा सैनिक खटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 लण्डन ओलम्पिकको सुरक्षामा १ सय ५० पूर्व गोर्खा सैनिक खटिएका छन् । बेलायतस्थिति गोर्खा सेक्युरिटी सर्भिस कम्पनीबाट छानिएका १ सय ५० पूर्व गोर्खा सैनिक आलम्पिकको सुरक्षाको जिम्मेवारीमा तदारुकताका साथ लागेका छन् । गोर्खा सेक्युरिटी सर्भिसका निर्देशक विष्णु तामाङले दिएको जानकारी अनुसार ओलम्पिकको सुरक्षाका लागि भुपू गोर्खा सैनिकले उच्च तहको जिम्मेवारी पाएका छन् । विष्णुले नै दिएको जानकारी अनुसार ओलम्पिकका लागि जिफोरएस कम्पनीका अन्य सब कन्ट्रयाक्टरका माध्यमबाट करिब १० हजार नेपालीले संलग्नता जनाएका छन् । ओलम्पिकको सुरक्षामा खटिएका पूर्व गोर्खा सैनिकमा गोर्खा सैनिकहरुले एक्सेस कन्ट्रोल, पेरिमिटर कन्ट्रोल तथा भिआइपी र खेलाडी बसेको होटलको सुरक्षाका लागि सैनिकहरु खटिएका छन् । बेलायतमा भुपू गोर्खा सैनिकले खोलेका सेक्युरिटी कम्पनीको संख्या ४० हाराहारीमा रहेको छ । जसमध्येबाट करिब १० हजार नेपालीले ओलम्पिकको सुरक्षा जिम्मेवारी पाएका छन् ।

No comments: