News

Jul 25, 2012

सत्तारुढ दलको प्राथमिकता निर्वाचन वा पुन: स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १० - एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सत्तारुढ गठबन्धनले निर्वाचन वा संविधानसभा पुनःस्थापनाको विषयमा विपक्षी दलहरु स्पष्ट भए मात्र सरकारका विषयमा कुरा गर्न सकिने निष्कर्ष निकालेको छ । सत्तारुढ गठबन्धनको बुधबार बिहान बालुवाटारमा बसेको बैठकले मसिंर ७ मा निर्वाचनको वातावरण नबने निर्वाचनको मिति सार्ने लगायतका विकल्प बारे पनि विपक्षी दलसंग छलफल गर्ने बैठकले निर्णय गरेको छ । संविधान निर्माणका लागि नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापनाका विषयमा विपक्षी दल सहमतिमा आउनुपर्ने सत्तारुढ घटकको जोड छ । विपक्षी गठबन्धन कांग्रेस र एमालेले पहिला राष्ट्रिय सहमतिको सरकारपछि मात्र अन्य विषयमा छलफल गर्ने बताइरहेको बेला सत्तारुढ गठबन्धनले त्यस्तो प्रस्ताव राखेको छ । मोर्चाका नेता एंव स्वास्थ्य मन्त्री राजेन्द्र महतोले निर्वाचनलाई प्राथमितामा राखेर विपक्षी दलसंग छलफल गर्ने बैठकको निष्कर्ष रहेको बताए । उनल भने 'मसिंर ७ मा निर्वाचन हुन नसके कहिले ? यस विषयमा विपक्षी दलसंग सहमति खोजिने छ ।' सत्तारुढ गठबन्धन संविधानसभाको निर्वाचन गर्ने त्यसलाई पछि व्यवस्थापिका संसदमा रुपान्तरित गर्न सकिने पक्षमा रहेको छ । निर्वाचनमा सहमति भए राष्ट्रिय सरकारका विषयमा सहमति गर्न सकिने महतोले बताए ।

No comments: