News

Jul 17, 2012

एमाओवादीको सातौं विस्तारित बैठक आजदेखि सुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक आज देखी सुरु हुन लागेको छ । हिजो सुरु हुने भनेपनि आफ्ना कार्यकर्ताको दुर्घट्नमा परेर ज्यान गएपछी आज देखि सुरु हुन थालेको हो । पार्टीको भावि कार्यदिशा तय गर्ने बारेमा छलफल गर्न एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक आजदेखी सुरु हुन लागेको हो । चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट प्राप्त सुझाव समेटेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ । विस्तारित बैठकको दिउँसो साढे एक बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । पार्टी विभाजनपछि आयोजना गरिएको विस्तारित बैठकमा पार्टीको भावी कार्यदिशा र विगतको समीक्षा तथा आगामी महाधिवेशनको मिति तोक्ने बारेमा छलफल हुने स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताउनुभयो । नेता महराका अनुसार आज अध्यक्षको राजनीतिक प्रतिवेदन बैठकमा पेस हुनेछ भने भालिदेखि छलफल सुरु हुनेछ । भेलामा देशभरका करिब पाँचहजार ५ सय कार्यकर्ताको उपस्थिति रहने छ । एकीकृत माओवादीले पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा नेवाः राज्य समिति र ताम्सालिङ राज्य समितिका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य र राज्य समितिअन्तर्गत रहेका सल्लाहकार सम्मिलित व्यवस्थापन समिति गठन गरेको थियो । भृकुटीमण्डपको प्रदर्शनी हलमा विस्तारित बैठक सञ्चालन हुनेछ । बैठकको सुरक्षाका लागि एक हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने छ ।

No comments: