News

Jul 18, 2012

सम्मानजनक सेना समायोजन नभए युद्धमा जान सक्ने चन्दको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेकपा–माओबादीका केन्द्रीय सचिब नेत्रबिक्रम चन्दले संयुक्त राष्ट्रसंघले प्रमाणिकरण गरेका १९ हजार जनमुक्ति सेनालाई नेपाली सेनामा भर्ना नगरे जुनसुकै अवस्थामा पनि क्रान्तिका लागि युद्धमा जान सक्ने चेतावनी दिनुभएको छ । नेकपा–माओबादी पर्वतले कुस्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिब चन्दले अहिले टेबुलबाटै क्रान्ति सम्पन्न गर्ने बताउनुभएको हो । संबिधान मार्फत दलित, महिला, जनजाति र युवाहरुको अधिकार सुनिश्चित गरिए शसस्त्र क्रान्तिको आवश्यकता नपर्ने उहाँको भनाई छ । ‘अहिले पनि क्रान्ति जारी रहेको छ’ उहाँले भन्नुभयो –‘कालो झण्डा देखाउनु र बन्दुक पड्काउनु एउटै हो’ एकीकृत नेकपा(माओबादी)को मंगलबारबाट शुरु भएको बिस्तारीत भेला अस्तिव रक्षाका लागि मात्रै आयोजना गरिएको दाबी सचिब चन्दको छ । ‘बिचार र दृष्टिकोण बिहीनहरुको भेलाले कुनै निष्कर्ष निकाल्न सक्दैन’ उहाँले भन्नुभयो –‘यो भेला प्रचण्ड र बाबुरामको रोदन बाहेक अरु केही होइन’ । भेलामा प्रस्तुत भएको प्रस्ताबमा क्रन्दन र रोदन मात्रै भएको बताउँदै उहाँले भेलालाई दक्षिबणपन्थीहरुको थुप्रोको संज्ञा पनि दिनुभयो । उक्त भेलाले पार्टी एकताको निणर्य पनि गर्न नसक्ने बताउँदै सचिब चन्दले माओबादीको बिचार र किरणको नेतृत्व स्विकार गर्ने निणर्य गरेर आएमा मात्रै एकता संभब छ भन्नुभयो । ‘राष्ट्रिय स्वाधिनता त्यागेको ब्यक्तिले पार्टीको नेतृत्व गर्नै सक्दैन’ उहाँले भन्नुभयो –‘माओबादीको बिचार दृष्टिकोण, किरणको नेतृत्व भएमा मात्रै एकता सम्भब हुन्छ’ । प्रचण्ड र बाबुरामले मुलुकलाई संबिधान र पार्टीलाई एकता बद्ध बनाउन चुकेकाले नयाँ पार्टी आवश्यक भएको तर्क सचिब चन्दको थियो ।

No comments: