लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरड, अषाढ २४ - भन्सार अधिकृतलाई दुर्व्यबहार गरेको आरोप लागेका मोरङका प्रमुख जिल्ला अधिकार शशीशेखर श्रेष्ठले गृह मन्त्रालयको निर्देशन पछि बिहीबार दिउँसो जिल्ला छाडेका छन् । जिल्लाभरका कर्मचारी उनलाई कारवाही नगरेसम्म काममा नर्फकने भन्दै आन्दोलनमा उत्रिएपछि गृहले तुरुन्त मन्त्रालयमा हजिर हुन निर्देशन दिएको हो । पत्र पाएपछि उनी विमानबाट काठमाडौं फर्केका हुन् । मन्त्रायले उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निमित्त तोकेको छ ।
प्रजिअ श्रेष्ठले बुधबार राती भन्सार अधिकृत मानबहादुर पौडेललाई प्रहरी लगाएर पक्राउ गरी दुर्व्यबहार गरेको अरोप छ । गुट्खा कम्पनी बिशाल केमिकलले राजस्व छलेको आरोपमा भन्सारले छानविन गरिरहेको बेला प्रजिअको निर्देशनमा छापामा मारिएको र त्यसमा आदालतले परमादेश जारी गरेपछि उनी रिसाएका थिए ।
पौडेलले दिएको बायनकै कारण अदालतले परमादेश जारी गरेको भन्दै उनलाई दुर्व्यबहार गरेको बताइएको छ । परिवारसहित समातिएका पौडेलका सम्बन्धमा बुझ्न पुगेका भन्सार प्रमुख र अन्य अधिकृतहरुलाई पनि श्रेष्ठले दुर्व्यबहार गरेको बताइएको छ । दुर्व्यबहारको बिरोधमा बुधबारदेखि मुलुकभरको भन्सार बन्द थियोभने बिहीबार मोरङका सबै कर्मचारी बिरोधमा उत्रिएका थिए । कर्मचारीहरु कार्यालय बन्द गरेर जिल्ला प्रशासन अगाडी धर्ना बसेका थिए ।

No comments:
Post a Comment