लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ असार,जम्बो मन्त्रिपरिषद्का सदस्यहरूका लागि मगाइएका १० वटा नयाँ गाडी सरकार ढलेपछि आइपुगेका छन् । गृह मन्त्रालयले काम चलाउ मन्त्रीहरूलाई ती नयाँ गाडी नदिएपछि उपराष्ट्रपति र कानुनसचिवले मात्र नयाँ गाडी लगेका छन् । मन्त्री धेरै र राम्रा गाडी थोरै भएपछि मन्त्री र गृह मन्त्रालयबीच विवाद हुने गरेको थियो । खेलकुद राज्यमन्त्री चन्दा चौधरीले त थोत्रो भएको भन्दै सरकारी गाडी आफैं तोडफोड गरेकी थिइन् ।
सबै मन्त्रीलाई भाग पुर्याउन सरकारले कोरियाबाट किया कम्पनीका १० वटा सेरेटो गाडी मगाएको थियो । यसका लागि सरकारले झन्डै तीन करोड रुपैयाँ तिरेको छ । यसअघि गाडीको मागसहित विभिन्न मन्त्रीले पठाएको पत्र गृह मन्त्रालयले त्यसै थन्क्याएर राखेको छ । 'सबै मन्त्री काम चलाउ भएकाले नयाँ गाडी उपलब्ध गराउने कुरै भएन्,' गृहका एक अधिकारीले भने ।

No comments:
Post a Comment