News

Aug 26, 2012

विवादित टापुका कारण चीनमा जापानविरोधी प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ - विवादास्पद टापुका कारण चीन र जापानका बीचमा विकसित पछिल्लो तनावसँगै शनिबार चीनमा जापानविरोधी प्रदर्शन भएको छ । पूर्वी चीनको एक शहरमा शनिबार सयौँ चिनियाँ नागरिकले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा ओर्लिएर जापानविरुद्ध नाराबाजी गरेको समाचारमा उल्लेख छ । दुई सातादेखि चीनका करिब एक दर्जन शहर र हङकङमा यसै विषयलाई लिएर जापानविरोधी प्रदर्शन भएको बताइएको छ । शनिबारको प्रदर्शनमा चिनियाँ नागरिकहरुले जापानविरुद्ध नाराबाजी गर्दै ती दुवै टापु चीनका भएको दावी गरेका थिए । चीनमा दायु र जापानमा सेन्काकु भनिने उक्त टापुहरु कसको भन्ने विवाद पहिलेदेखिनै भइरहेको छ । उक्त टापुहरु पूर्वी चीनको जलक्षेत्रमा रहेका छन् ।

No comments: