News

Aug 6, 2012

पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण २२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्देशन दिएको छ । आयोगले सोमबार मुख्यसचिव लीलामणि पौडेलसहित सचिवहरुलाई पत्र लेखी सरकारी पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाई जिम्मेवारीसमेत नदिनेसम्मको कारबाही गर्न निर्देशन दिएको हो । आयोग प्रवक्ता ईश्वरीप्रसाद पौड्यालका अनुसार भत्ता लिई निर्धारित पोशाक नलगाउने कर्मचारी तथा शिक्षकलाई अनिवार्य पोशाक लगाउन र आचारसंहितामा नभए त्यसको समेत व्यवस्था गर्न भनिएको छ । निजामति कर्मचारी, शिक्षकलगायत सरकारी कर्मचारीले भत्ता रकम लिई पोशाक नलगाएको समाचार सार्वजनिक भएको थियो । आयोगले बहाना बनाई कार्यालय छाड्ने प्रवृत्तिप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।

No comments: