लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समय देखि सुचारु हुन नसकेको सेना समायोजनको प्रकृया अघि बढाउने विषयमा सहमति जुटाउन आज मुख्य राजनीतिक दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन । दिउँसो ४ बजे सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा माओवादी लडाकुको नेपाली सेनामा समायोजनका विषयमा छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
माओवादी लडाकुको उमेर र शिक्षाका विषयमा विवाद भएपछि समायोजन प्रकृया रोकिएको छ । आजको बैठकमा यसै विषयमा सहमतिको प्रयास हुनेछ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पहलमा हुन लागेको छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका शीर्ष नेता सहभागी हुनेछन ।
No comments:
Post a Comment