News

Aug 26, 2012

मूल्यवृद्धि नियन्त्रण गर्न भोलिदेखि बजारमा हस्तक्षेप गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ १०- चाडबाडको आगमनसँगै दैनिक उपभोग्य वस्तुमा एक्कासी मूल्यवृद्धि भएपछि सरकारले बजारमा हस्तक्षेप गर्ने भएको छ। स्थानीय प्रशासन, प्रहरी, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबारदेखि अनुगमन थाल्नेछ। अनियमितता गर्नेलाई तत्काल कारबाही गरिने वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिंडारीले बताए। थोक पसल र ठूला गोदाममा संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिँदै उनले दोषी पाइए तत्काल प्रचलित कानुनबमोजिम कारबाही हुने बताए। विशेषगरी दाल, चामल, चिनी, तेलजस्ता दैनिक उपभोग्य वस्तु बिक्री एवम् भण्डारणस्थलमा टोली परिचालन हुने बताउँदै उनले कुनै सामानमा व्यापारीको मनोमानी हुन नदिन छड्के जाँच पनि गरिने उल्लेख गरे। चाडपर्व नजिकिँदै गर्दा कालोबजारी गर्ने, गुणस्तरहीन सामान बेच्नेलगायत गैरप्रतिस्पर्धी गतिविधि बढ्ने वास्तविकतालाई दृष्टिगत गरी विभागले अनुगमन गर्दैआएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीले केही दिनअघि आपूर्तिलगायत सम्बद्ध निकायका पदाधिकारीको बैठकमा बजार अनुगमन प्रभावकारी बनाउन तथा दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

No comments: