News

Aug 29, 2012

सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र १३ - संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन भन्ने विषयमा सहमति जुटाउन प्रमुख तीन दल का शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ । एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको विकल्प नभएको निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा विशेष समितिको हलमा बसेको बैठकमा राजनीतिक संकट निकासका लागि निर्वाचन वा पुनःस्थापना के गर्ने विषयमा छलफल भएपनि निष्कर्ष भने निस्केन । उक्त विषय टुंग्याउने जिम्मा तीन दल का शीर्ष नेतालाई दिइएको एमाले महासचिव ईश्वर पोखरेलले बताए । बैठकमा सकारात्मक ढंगले छलफल भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता मिनेन्द्र रिजालले बैठक फलदायी भएको बताए । माओवादी नेता अग्नी सापकोटाले अत्यन्तै राम्रो वातावरणमा विषयवस्तुमा केन्द्रीत भएर छलफल भएको बताए । उनले निर्वाचन वा पुनःस्थापना कुन प्रक्रियाबाट जाने भन्ने विषयमा बैठक केन्द्रीत भएको जानकारी दिए । थप छलफल गरी सहमतिमा पुग्न तीनै दलका नेतृत्वलाई जिम्मेवारी दिइएको उनले बताए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल सहित नेताहरु सहभागी थिए ।

No comments: