News

Aug 7, 2012

दुर्घटनामा १२ को मृत्यु, चालक निदाएको हुन सक्ने अनुमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गोरखा, श्रावण २३ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थानमा मंगलबार बिहान भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण चालक निदाएको वा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ । बुटबलबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस मंगलबार बिहान पृथ्वी राजमार्गको भूमेस्थान गाविस- ६ कमेरेडाँडामा दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार दश जनाको घटनास्थलमा र दुईको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएकाहरुमा नौ पुरुष र दुई महिला छन् । मृत्यु भएका मध्ये चालकसहित दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको चार वटा अस्पतालमा उपचार भइरहेको छ । लु १ ख ७०५१ नम्बरको यात्रुबाहक बस बिहान साढे चार बजे राजमार्गबाट खोलामा खसी दुर्घटना भएको हो । बस राजमार्गबाट दुई सय मिटर तल महेश खोलामा खसेको हो । 'दुर्घटनाको कारण चालकले मदिरा सेवन गरेको वा निदाएको हुनसक्छ,' प्रहरी नायव निरीक्षक पदम थापाले भने । मृत्यु भएका मध्ये ६ जनाको पोष्र्टमार्टम गरि शव आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव बुझन आफन्त आएपछि प्राथमिक स्वास्थ्य चौकी गजुरीमा मृतकको पोष्टमार्टम गरिएको हो । बुटबलबाट सोमबार राति सिटभरी यात्रु लिएर उक्त बस काठमाडौंका लागि छुटेको थियो । मृत्यु भएकाहरुः १ बलिराम चौधरी बर्ष २३- कोपुवा ४, कपिलबस्तु २ अबधकिशोर चौधरी बर्ष ३४- कोपुवा ८, कपिलबस्तु (उपचारका क्रममा मृत्यु) ३ मोहन नगरकोटी बर्ष २२- रुद्रपुर २, रुपेन्देही ४ राममिलन चौधरी बर्ष नखुलेको - कपुवा ६, रुपन्देही ५ फडिन्द्र सुवेदी बर्ष २९- मानपकडी ४, रुपन्देही ६ सुशीला घर्तीमगर बर्ष २४- मानपकडी ४, रुपन्देही ७ रञ्जन थापा बर्ष २०- कटवाल १, रुपन्देही ८ शेर बहादुर थापा बर्ष ३६- बुटवल १५, रुपन्देही ९ केशव शारु बर्ष १९- ढिकुर ६, अर्घाखाँची (उपचारका क्रममा मृत्यु) १० पार्वती घर्तीमगर बर्ष ६०- तम्घास ३, गुल्मी

No comments: