News

Aug 14, 2012

भविष्य अन्यौल बने पछि माओवादी लडाकुले शिविर छोडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकुको भविष्य अन्यौल बने पछि माओवादी लडाकुहरुले शिविर छोड्ने क्रम शुरु भएको छ। संविधानसभाको म्याद समाप्तीसँगै अन्योल बनेको शान्तिप्रक्रियाको सेना समायोजन प्रक्रिया पनि अन्यौल बने पछि शिविरबाट लडाकुहरु बाहिरिन थालेका हुन्। समायोजन रोजेका सातौ डिभिजन अन्तर्गतका सबै माओवादी लडाकुहरुले शिविर छाडेका छन् । साउन महिनाको तलब, रासन भत्ता नपाएको र आफुहरुलाई राज्यले वेवास्था गरेको भन्दै माओवादीले शिविर छाडेको बताइएको छ । सातौ डिभिजन अन्तर्गत कैलालीको चिसापानी स्थित गोरंगे शिविरबाट केहि दिन अघि र मसुरियाको बढैपुरमा रहेको सहायक शिविरका सबै लडाकुहरु आईतबार साँझ आफ्ना सरसमान बोकेर शिविर बाहिर निस्किए। यसैगरी माओवादीको तालबन्दमा रहेको मुख्य शिविरमा भने ४-५ जना मात्र लडाकु रहेका छन् । राज्यले आफुहरुलाई बोलाए मात्रै अब तालबन्द आउने भन्दै माओवादीले शिविर छोडेका हुन्। शिविर सेनाको मातहतमा आएपछि ५-७ जना गर्दै बाहिरिएका माओवादी लडाकु आईतबार रासन पानी नदिएको भन्दै २०-२२ जना एकै पटक शिविर बाहिर निस्किएपछि शिविर माओवादी विहिन भएको छ।

No comments: