News

Aug 7, 2012

उन्नाइस युवा विद्यार्थीले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विभिन्न दलनिकट रहेका उन्नाइस युवा तथा विद्यार्थी संघसंगठनले सरकारविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन्। राजधानीमा बसेको उन्नाइस युवा तथा विद्यार्थी संघसंगठनको बैठकले संयुक्त आन्दोलन परिचालन कमिटी गठन गरी सरकारविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको हो। उनीहरुले साउन २६ गते बिहान नौ बजेदेखि एघार बजेसम्म सिंहदरबार घेराउ गर्ने कार्यक्रमको घोषणा गरेका छन्। यसअघि छुट्टाछुट्टै आन्दोलन गर्दै आइरहेका उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संयुक्त रुपमा चरणबद्ध सडक संघर्ष गरिरहने बताएका छन्। देशको राजनीतिक निकाशका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक भएकाले आन्दोलनमार्फत सत्ताच्युत गर्न संयुक्त आन्दोलन गर्न लागेको उनीहरुले बताएका छन्। माउ पार्टीहरुकै निर्देशनमा युवा तथा विद्यार्थी संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन्।

No comments: