News

Aug 22, 2012

कांग्रेसका सभापति शुसिल कोइरालालाई कालो झन्डा लिम्बूवानको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इलाममा लिम्बूवान कार्यकर्ता र आदिवासी जनजाति युवा महासंघका कार्यकर्ताहरूले संघीयता विरोधी भएको भन्दै नेपाली कांग्रेसका सभापति शुसिल कोइरालालाई कालो झन्डा देखाएका छन् । इलामको नगर सम्मेलन उद्धघाटनका लागि सभापति कोइराला इलाम पुगेका बेला सङ्घीय लिम्बूवान राज्य परिषद् र आदिवासि जनजाति युवासंघका कार्याकर्ताहरुले आधा घण्टासम्म कालो झन्डा देखाएका हुन् । कालोझन्डा देखाउने क्रममा आयोजक र कालोझन्डा देखाउने कार्याकर्तावीच केहीवेर झडप भएको थियो । कालोझन्डा देखाउने समूहलाई सुरक्षाकर्मीले अवरोध गरेपछि अर्को बाटो गएर कालो झन्डा देखाउने लिम्बूवान र जनजाति युवासंघका कार्याकर्तालाई आयोजकले हातपात गरेपछि झडप भएको थियो । झडपलाई स्थितिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सङ्घीयता विरोधी र पहिचान विरोधी नेताहरुलाई जिल्ला प्रवेशमा रोक लगाउन कालो झन्डा देखाइएको सङघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष डम्बर लोरिङदेनले जानकारी दिएका छन् । लोकतान्त्रीक देशमा कालो झन्डा देखाउँदा सुरक्षाकर्मीले हस्तक्षेप गरेर आफ्नो कार्यक्षेत्र वाहिर गएको पनि लोरिङदेनले आरोप लगाएका छन् । कार्यक्रममा कांग्रेस नेता गगन थापाले भने कांग्रेस पहिचानसहितको संघीयता विरोधी नभएको प्रष्ट पारे । उनले कुनै पनि नागरिक दोस्रो दर्जाको नहुने भन्दै संघीयता सित जोडेर माओवादीले छरेको भ्रममा नपर्न कार्यकर्तालगायत सबैमा अपिलसमेत गरे ।

No comments: