News

Aug 28, 2012

टोगोमा पतिसँग एकहप्तासम्म सेक्स नगर्न आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पश्चिम अफ्रिकी मुलुक टोगोमा विपक्षी दलले महिलाहरुलाई आफ्ना पतिसंग एक सातासम्म सेक्स हड्ताल गर्न आह्वान गरेको छ । सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाईका लागि दबाब दिन यस्तो आह्वान गरिएको बताइएको छ । विपक्षी नेता इसाबेले अमेगाम्बीले पक्राउ परेका आफ्ना समर्थकहरुको रिहाईका लागि दबाब स्वरुप एक सातासम्म सेक्स हड्तालमा उत्रन महिला समर्थकहरुलाई आह्वान गरेका हुन् । यसअघि सन् २००३ मा गृहयुद्धको अन्त्य र शान्ति स्थापनाका लागि पनि टोगोका महिलाहरुले सेक्स हड्ताल गरेका थिए । टोगोका मानवअधिकार कार्यकर्ताका अनुसार सरकार विरोधी प्रदर्शनको क्रममा १ सय २० भन्दा बढी विपक्षी कार्यकर्ता पक्राउ परेका छन् । विपक्षीहरुले अक्टोबरमा हुने संसदीय चुनाव रोक्न र सुधारका कार्यक्रम संचालन गर्न आग गर्दै आएका छन् । विपक्षीहरुले सन् २००५ मा राष्ट्रपति बनेका फाउरे ग्नासिंँगबेको राजीनामा पनि माग गरेका छन् ।

No comments: