News

Aug 14, 2012

खुम बहादुर खड्का पनि भ्रष्टचारी ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३० – अर्का पूर्वमन्त्री तथा कांग्रेसी नेता खुम बहादुर खड्कालाई पनि सर्वोच्चले भ्रष्टचारी ठहर गरेको छ ।
केही समयअघि मात्रै सर्वोच्चले अर्का पूर्वमन्त्री कांग्रेसी नेता तथा पूर्वमन्त्री चिरञ्जिवि वाग्लेलाई पनि भ्रष्टचारी ठहर गरेको थियो । सर्वोच्चले आज खड्काको मुद्धामा फैसला गर्दै खड्कालाई भ्रष्टाचारी करार दिंदै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सुनाएको छ । खड्को भ्रष्टचारको मुद्धाको फैसला न्यायाधिसहरु कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले गरेको थियो । २०४८ सालपछि पटकपटक मन्त्री बनेका खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जवराको इजलासले खड्काको १२ लाख रुपैंयाको मात्र स्रोत नखुलेको भन्दै २०६३ साल कात्तिक २९ मा सफाई दिएको थियो । तर विशेषको फैसला नियोजित भन्दै अख्तियारले २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन दियो । त्यसको पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन खड्काको मुद्दामा लामो बहसपछि आज टुंगो लागेको हो ।

No comments: