News

Aug 24, 2012

एप्पल र सामसुङलाई दक्षिण कोरियामा प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक दक्षिण कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ । दुबै कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै अदालतले यस्तो फैसला गरेको हो । एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार उल्लंघन गरेको अदालतको ठहर छ । अदालतको फैसलासँगै अब दक्षिण कोरियामा एप्पलको आइफोन थ्री जिएस, आइफोन फोर, आइप्याड तथा आइप्याड टू को बिक्रिमा रोक लाग्नेछ । त्यस्तै सामसुङका ग्यालेक्सी एसआइ, एसआइआइ, ग्यालेक्सी ट्याब तथा ग्यालेक्सी ट्याब १०.१ माथि पनि दक्षिण कोरिायली बजारमा प्रतिबन्ध लाग्नेछ । साथै अदालतले एप्लललाई ३५ हजार तथा सामसुङलाई साढे १७ हजार अमेरिकी डलर जरिवानाको फैसला समेत सुनाएको छ । स्मरण रहोस् एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकार सम्बन्धी विवाद अमेरिकाको अदालतमा पनि विचाराधिन छ ।

No comments: